सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका ५ सिलामेमा स–मिल संचालनमा ल्याइएको छ । वन पैदावार व्यवसायी कृष्णप्रसाद कालाखेती तथा स्थानीय तुलबहादुर गुरुङको समुहले दक्षिणकाली स–मिल संचालनमा ल्याएका हुन् ।
उक्त स–मिलको उद्घाटन आइतबार एक कार्यक्रमका विच कमलामाई नगरपालिका सिन्धुलीका प्रमुख खड्गबहादुर खत्रीले गर्नु भएको हो ।
स–मिलको उद्घाटन गर्दै मेयर खत्रीले जिल्लामा वन पैदावारको उत्पादन बढ्दै जाँदा जिल्लामै यस्ता रोजगारमुलक उद्योगहरु संचालनमा आउनु खुसीको कुरा भएको बताउनु भयो ।

पछिल्लो समयमा जिल्लामा वन पैदावार व्यवसाय संचालन गरेर स्वरोजगार मुलक उद्योगहरु स्थापना गर्ने नगरको निति अनुसारनै स्थापना भएको स–मिलले जिल्लाको पुँजी जिल्लामै लगानी हुने अवस्था आएकोमा उहाँले खुसि व्यक्त गर्दै जिल्लालाई फर्निचर हवका रुपमा विकास गर्न नगरले पनि सहयोग पु¥याउने बताउँनु भयो ।
‘जिल्लामा ठुला नेता र कर्मचारीहरु धेरै छन् । तर, उहाँहरुमा जिल्लामै ठुला उद्योग कलकारखाना खोलौं भन्ने चेतना कहिलै आएन । तर साना व्यवसायीहरुले यस्ता उद्योगहरु संचालन गरेरै भए पनि यहाँको पुँजीलाई अनेत्र जान दिनु भएको छैन् । ठुला पुँजी हुनेहरुको लगानी कहाँ छ । केमा लगानी छ कसैलाई पत्तो छैन्,’ उहाँले भन्नुभयो ।
मेयर खत्रीले जिल्लामा सामुहिक लगानी गरेर भएपनि ठुला उद्योग कलकारखाना संचालनमा ल्याउन नसक्ने हो भने जिल्लाको विकासले फड्को मार्नै नसक्ने समेत ठोकुवा गर्नु भयो ।

जिल्लामा रहेका सामुदायिक वन समुहरुले पत्करको सदुपयोग गरेर कम्पोष्ट माल उत्पादन गर्ने र ढलेका र सुखडखडा रुखहरुको समुचित व्यवस्थापन गरेर यस्ता स–मिलहरु संचालन गर्ने हो भने स्थानीय स्तरमा धेरैलाई रोजगार दिन सकिने र वन डढेलोबाट वर्षेनी हुने क्षेतीलाई न्युनिकरण गर्न सकिने समेत बताउनु भयो ।
स–मिल उद्घाटन कार्यक्रममा कमलामाई नगरपालिका ५ का वडाअध्यक्ष पूर्णबहादुर खड्का, डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख थिरबहादुर कार्की, नेकपा (एकिकृत समाजवादी) सिन्धुलीका अध्यक्ष सूर्य पाख्रिन, सामुदायिक वन उपभोक्ता महासंघ सिन्धुलीका अध्यक्ष हितलाल श्रेष्ठ, वन पैदावार व्यवसायी संघ सिन्धुलीका अध्यक्ष सुन्दर घिसिङ लगायतको सहभागिता रहेको थियो ।