बाढी पहिरोले सिन्धुलीमा दुईको मृत्यु, दर्जनौं घर जोखिममा

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली। लगातारको बर्षासंगै आएको बाढी पहिरोका कारण सिन्धुलीमा दुई जनाको मृत्यु भएको छ भने दर्जनौं घर जोखिममा परेका छन् । सयौं हेक्टर जमिन कटान गरेको छ ।
लब्दाह खोलाले बगाउँदा कमलामाई नगरपालिका ४ का सन्तबहादुर मगरको मृत्यू भएको छ । उनको शव बिहीबार वडा ८ को सिस्नेरीनजिक कमला नदी किनारमा फेला परिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता (डिएस्पी) मनोज कुमार लामाले जानकारी दिए ।

त्यस्तै कमलामाई नगरपालिका ८ पैरेमा बिहीबार रामबहादुर बम्जन आश्रमको एक घर पहिरोले पुर्दा हेटौंडा उपमहानगरपालिका १३ का महात्मा गुरु लरिनबहादुर हिम्दुङको घटनास्थलमै मृत्यु भएको छ ।
‘मृतक हिम्दुङको शव प्रहरीले पहिरो बाट निकालेको छ । उक्त क्षेत्रमा पहिरोको निक्कै जोखिम बढेको छ,’ लामाले भने ।
बर्षातका कारण पहिरो खस्दा कमलामाई नगरपालिका ५ जरायोटारका नवराज कार्की लगायतको तिन घर जोखिममा परेका छन् । दुधौली नगरपालिका १ बंका स्थित बंका खोला बस्तिमा पस्दा स्थानिय दिल सौगात घिमिरे लगायतको घरमा क्षेती पुगेको छ । बाढी घर भित्र पस्दा घर भत्कीएर बस्न नहुने अवस्था आएको छ ।

दुधौली, कमलामाई नगरपालिका, मरिण, सुनकोशी, गोलन्जोर तिनपाटन गाउँपालिकाका विभिन्न स्थामा आएको पहिरोले दर्जनौं घरहरु उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ । ‘त्यस्ता जोखिमयुक्त स्थानका बासिन्दालाई सुरक्षित स्थानमा बस्न भनिएको छ,’ प्रहरी प्रवक्ता लामाले भने ।

सुनकोसी, बागमति, कमला र मरिण नदी तथा चँदाहा लगायतका खोलामा आएको बाढीले सयौं हेक्टर खेतियोग्य जमिन कटान गर्न थालेको छ ।
मरिण गाउँपालिका ५ को घाटा र बढीमहन बस्तिमा मरिण नदि पसेको छ । त्यहाँ ५ सय विगाहा धान खेत मरिण नदीले बगाएको उक्त गाउँपालिकाका अध्यक्ष पानि राज बम्जनले बताए ।
कमला नदीले कमलामाई नगरपालिकाको ७, ८, ९, १०, १३ र १४ नम्बर वडाका साथै दुधौली नगरपालिकाको वडा नम्बर १, २ लगायतका वडामा जमिन कटान थालेको छ । तिनपाटन गाउँपालिकाको भिमस्थान तथा बेलघारीमा चँदाहा खोलाले कटान थालेपछि स्थानीय बासिन्दा चिन्तीत बनेका छन् ।

सिन्धुलीबाट बर्दिवास तर्फ जाँदै गरेको ज १ ह ४५५९ नम्बरको अटो कमलामाई नगरपालिका ९ मा सुकेखोलाले बगाउँदा प्रहरीले उद्धार गरेको छ । कमलामाई नगरपालिका ५ स्थित रानिखोलाले बा ५ ख ६७३२ नम्बरको ट्रक समेत बगाएको छ । उक्त ट्रक ३० मिटर तलसम्म बगाएको प्रहरीले जनाएको छ । ट्रक र अटोमा सवार र चालकलाई प्रहरीले उद्धार गरेको छ ।
विपी राजमार्ग, मध्यपहाडी लोकमार्ग, मदन भण्डारी लोकमार्गका साथै जिल्लाका अन्य साना कृषि सडकहरुमा ठाउँठाउमा पहिरो खसेर क्षेती पुगेको छ भने दर्जनौं खानेपानिका मुहानहरुमा क्षेती पुगेको छ ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.