माओवादी केन्द्र सिन्धुली द्धरा स्वास्थ्य सामाग्री प्रदान (भिडियो सहित)

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली । नेकपा माओवादी केन्द्रले कोरोना भाईरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामाग्री सहयोग प्रदान गरेको छ । आईतबार नेकपा माओवादी केन्द्र सिन्धुलीका अध्यक्ष राजन दाहालले प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेलाई स्वास्थ्य सामाग्री प्रदान गर्नु भएको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टीको निर्णय अनुसार उपलब्ध गराएनु भएको मास्क, सेनिटाईजर, पिपिईसेट, थर्मलगन लगायतका स्वास्थ्य सामाग्री प्रजिअ न्यौपाने मार्फत (डिसिसिएमसि) लाई हस्तान्तरण गरिएको हो ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा बागमति प्रदेश सभा सदस्य समेत रहनु भएका दाहालका अनुसार एन ९५ मास्क ९६० पिस, एन्टीजेन टेष्ट १० वटा, थर्मल गन १ थान, अक्समी मिटर १० थान, पिपिईसेट १० थान, सेनिटाईजर २२ वटा, सर्जिकल मास्क ५०० वटा र सर्जिकल पिपिई गाउन ५ वटा डिसिसिएमसिलाई हस्तान्तरण गरिएको छ ।

विश्वमहामारीका रुपमा फैलिएको कोरोनाका कारण थुप्रै नागरिकहरुको ज्यान गएको प्रती दुख व्यक्त गर्दै अध्यक्ष दाहालले पार्टीको तर्फबाट सानै भएपनि सहयोग गरिएको बताउँनु भयो ।

‘कोरोना संक्रमणका कारण उपचारमा रहनुभएकाहरुप्रति हामी सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । मृतकहरु प्रति गहिरो समवेदना प्रकट गर्दछु । हाम्रो पार्टीको सहयोगले केही हदसम्म विरामी र उपचारमा संलग्न चिकित्सकहरुका साथै समुदायमा संक्रमण नियन्त्रणमा सहयोग पुग्ने अपेच्क्षा गरेका छौं,’ उहाँले भन्नु भयो ।

दाहालले पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट आगामी दिनमा पनि निरन्तर सहयोग रहने र नागरीकको स्वास्थ्य सुरक्षामा केन्द्रीत रहेने प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा स्वास्थ्य सामाग्री बुझ्दै प्रमुख जिल्ला अधिकारी तथा डिसिसिएमसिका अध्यक्ष न्यौपनेले विषम पस्थितीमा माओवादी केन्द्रले स्वास्थ्य सामाग्री प्रदान गरेको भन्दै हार्दीक धन्यवाद ज्ञापन गर्नु भएको छ । उहाँले यस्तो स्वास्थ्य सामाग्री डिसिसिएमसि मार्फत स्वास्थ्य संस्थाहरुलाई वितरण गरिने बताउनु भयो ।

कार्यक्रममा सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेल, सिन्धुली अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट, मरिण गाउँपालिकाका अध्यक्ष पानिराज बम्जन लगायत नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.