प्रधानमन्त्री ओलीको पुत्ला जलाईयो

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली ८, जेठ । सिन्धुलीमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाइएको छ ।
शनिवार साँझ सिन्धुली सदरमुकाम माढीबजारमा नेपाली कांग्रेस निकट युवा तथा विद्यार्थीहरुले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् ।
प्रधानमन्त्री ओलीले लोकतन्त्र र संविधानको धज्जी उडाउँदै पटक पटक संसद विघटन गरेर अलोकतान्त्रीक कदम चालेको भन्दै उनको विरोधमा पुत्ला दहन गरिएको उनिहरुले जनाएका छन् ।
नेपाली कांग्रेसका महासमिति सदस्य उपेन्द्र पोखरेलले प्रधानमन्त्री ओलीको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कार्यको विरुद्ध कांग्रेसले विरोध सुरु गरेको बताए ।

मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति विद्या भन्डारीले जालझेल र बदनियतपूर्ण तरिकाले विहिबार विहान प्रतिनिधि सभा विघटन गरेपछी संविधान, लोकतन्त्र र संसद रक्षाको लागि आन्दोलनमा उत्रन परेको कांग्रेसका युवा तथा विद्यार्थीहरुले प्रतिकृया दिएका छन् ।
सरकारले दोस्रो पटक प्रतिनिधि सभाको विघटन गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधि सभाको निर्वाचन गर्न सिफारीस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले स्विकृत गरेपछि विपक्षीदलहरु विरोधमा उत्रेका छन् ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.