सिन्धुलीमा प्रजिअको प्रश्न : तपाईको मास्क खै ?

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली १६, बैशाख ।
सिन्धुलीमा कोरोना महामारीबाट ‘आफुपनि बचौ र अरुलाई पनि बचाऔं’ भन्ने ब्यानर र प्ले कार्ड सहित बोकेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने सहितको एउटा टोली मास्क बाढ्दै सिन्धुलीमाढी बजारमा निस्कीयो ।
जहाँ सदाझैं चहलपहल बढीरहेको थियो । ब्यापारीहरु पसल व्यवसाय संचालन गरिरहेका थिए । उपभोक्ताहरु लकडाउन हुने डरले अत्यावश्यकिय घरायसी सरसामान खरिदमा व्यस्त थिए । विद्यार्थीहरु मास्क विनानै झोला बोकेर लुरुलुरु विद्यालय जाँदै थिए । केही राजनीतिक दलका नेता कार्यकर्ताहरु चिया पसलमा जम्मा भएर गफिरहेका थिए ।
यतिकैमा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ले भने हलो तपाईको मास्क खै ? धेरै अकमक्क भए । अनि प्रजिअले मास्क दिँदै भने, ‘यस्तो जोखिम छ । मास्क अनिवार्य लाउनु होला । अत्यावश्यक बाहेक काम बाहेक बजारमा लुखुरलुुखुर नहिड्नु होला ।’

यो बेला थुप्रैलाई लाज पनि लाग्यो । केहीले भने, ‘धन्द मास्क लगाएको बेला परेछ । नत्र ब्याइजत नै हुने रहेछ ।’
प्रजिअसंग बर्दबहादुर गणका गणपति राजिव थापा, सिन्धुलीका प्रहरी उपरिक्षक, नोपली कांग्रेसका सचिव दिपक घिमिरे, सिन्धुली उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अर्जुन श्रेष्ठ, नेपाल रेडक्रस सोसाईटिका सभापति अशोक श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णहरी घिमिरे लगायतका विभिन्न संघ संस्थाका प्रतिनीधिहरु पनि मास्क बाढ्दै हिडेका थिए ।
अत्याधिक रुपमा कोरोना भाईरसको जोखिम बढेपनि मास्क समेत नलगाई हिड्नेको संख्या अत्याधिक पाईएपछि प्रजिअ स्वयम निशुल्क मास्क वितरणमा निस्कीएका हुन् ।

उनिहरु सबैको उद्देश्य मास्क अनिवार्य लगाऔं । दोस्रो चरणको कोभिड–१९ को संक्रमणबाट आफु पनि बचौं र अरुलाई पनि बचाऔं भन्ने थियो । पहिलो चरणमा सबैलाई सचेतना गराउने र मास्क नलाई बजारबजार हिडेको पाइए कारबाही गर्ने प्रशासनले जनाई सकेको छ ।
जिल्लामा संक्रमण भयाबह भए उपचार गर्ने अवस्था छैन् । एउटा कोभिड अस्पतालमा ४० बेडको आइसोलेसन बाहेकको तयारी छैन् । यसबाट बच्न आफै सचेत हुनुको विकल्प छैन् ।

दोस्रो लहरको कोरोना भाइरस बढेसँगै सिन्धुलीमा पनि संक्रमितको संख्या बढ्न थालेपछि प्रमुख जिल्ला अधिकारीकै रोहबरमा बजारमा मास्क वितरण गरिएको हो । ‘आगामी दिनमा मास्क नलगाउनेलाई एक सय रुपैयाँ जरिवाना गर्ने र धेरै भिडभाड गर्नेहरुलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने छ,’ प्रजिअ न्यौपानेले भने ।

यसले बजारमा हिड्ने तर केही महिना यता मास्क प्रयोग गर्न छाडीसकेकाहरुलाई पुनः मास्क अनिवार्य लगाउन सचेत गराएको छ भने ब्यापारी र सेवाग्राहीलाई पनि स्वास्थ्य मापदण्ड अपनाउन दवाव दिएको छ ।
प्रहरीले अत्यावश्यक बाहेकका काममा घर बाहिर ननिस्कन सर्वसाधरणहरुलाई माइकिङ समेत गर्दै हिडेको छ । विद्यालय, हाटबजार, पार्टी प्यालेसहरु बन्द गर्न भनिएको छ । जिल्लामा हाल डेढ दर्जनबढीमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.