सिन्धुलीमा घरधनी स्वयमलाई विद्युत मिटर रिडिङ्ग गर्न प्राधिकरणको अनुरोध

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली २४, चैत्र । सिन्धुलीमा घरधनी स्वयमलाई आफ्नो घरमा जडान गरिएको विद्युत मिटर रिडिङ्ग गर्न भनिएको छ । नेपाल विद्युत प्राधिकरण सिन्धुली शाखाले आफ्ना ग्राहकहरुलाई चैत्र महिनाको विद्युत महसुल बुझाउनका लागि यस्तो आग्रह गरेको हो ।
प्राधिकरणका इन्जीनियर राजु महत्तोका आनुसार कोरोना भाइरस (कोभिड–१९) को त्रासकम नभएको र सरकारले गरेको लकडाउनका समयावधि थप भएपछि चैत्र महिनाको विद्युत महसुलका लागि आफ्नो मिटर बक्समा उठेको यूनिट नं. प्राधिकरणको सिन्धुली शाखामा जानकारी दिन सबै ग्राहकहरुलाई अनुरोध गरिएको हो ।
‘विद्युतका सबै प्राविधिक कर्मचारीहरु विद्युतमा आउने समस्यामा खटिएका र मिटर रिडिङ्ग गर्ने कर्मचारीहरु घरघरमा मिटरजाँच गर्न जाँदा कोरोना भाइरसको संक्रमणको त्रास हुने भएपछि चैत्र महिनाको मिटर रिडिङ्ग गर्न ग्राहकहरुलाई नै भनिएको हो,’ इन्जीनियर महत्तोले भन्नुभयो ।

यसका लागि जिल्लाका सबै क्षेत्रमा सूचना प्रबाह गरिएको छ । आफ्ना घर, कार्यालय, फर्म, उद्योग कलकारखानामा जडान गरिएका मिटर बस्मा अघिल्लो फागुन महिना यता उठेको यूनिट ग्राहकले ०४७५२०१५० र ९८४४३२७९८४ मा फोन गरेर कार्यालय समयमा टिपाउन सक्ने छन् । उनिहरुसंग ग्राहक स्वयमले टिपाएको युनिटको आधारमा लकडाउन खुलेपछि महसुल संकलन गरिने उनको भनाई छ ।
तर, यसरी आफ्नो मिटरमा उठेको युनिट जानकारी नदिने ग्राहकहरुको हकमा भने प्राधिकरणले फागुन महिनामा उठेको यूनिटकै आधारमा महसुल संकलन गर्ने समेत सम्बन्धित सबैमा जानकारी दिएको छ ।
उता कार्यालयले चैत्र महिनाको महसुल लकडाउन खुलेपछि भुक्तानी गर्दा समय भन्दा ढिला हुदा लाग्ने जरिवाना भने ग्राहकहरुसंग नलिने समेत बताएको छ । ‘यो मिटर रिडिङ्गको प्रकृया मात्र हो । विल भुक्तानीमा जति ढिला भएपनि चैत्र महिनामा लाग्ने जरिवाना हामी लिदैनौं,’ उहाँले भन्नुभयो ।
तर, अनलाईन बैंकिङ्ग सुविधा र ईसेवा भएका ग्राहकहरुले भने अनलाईनबाट महसुल भुक्तानी गर्न सक्ने छन् । जिल्लामा प्राधिकरण शाखा अन्तरगत झण्डै ३४ हजार विद्युत ग्राहक छन् । यस अघि प्राधिकरणले कमलामाई, भिमान, दुधौली, तिनपाटन, खुर्कोट, घ्याङलेख, मरिण र हरिहरपुरगढीको सव काउण्टरका कर्मचारीहरुबाट विद्युत मिटर जाँचगराई महसुल असुल गर्दै आएको थियो ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.