सिन्धुली २३, चैत । सिन्धुलीमा रहेको पोलि किल्नीकले सामान्य विरामीलाई समेत भर्ना लिन छाडेको छ । कमलामाई नगरपालिका ६ धुराबजारमा रहेको सिन्धुली पोलि किल्नीकले पर्सनल सेकुरेटि इकुमेन्ट (पिपिई) नभएको भन्दै ज्वरो लगायतका सामान्य विरामीको समेत चेकजाँच गर्न छाडेको हो ।
सामान्य ज्वरो आएर जचाउन आएका एक स्थानीयले आफुलाई अस्पताल भित्रै पस्न नदिएको र कुनै चेकजाँच नै नगरि फर्काएको बताए । कोरोना भइरसको त्रासका विच पोलिकिल्नीकले सबै जसो सेवा बन्द गरेको स्थानीयहरु समेत बताउँछन् ।
यसैविच उक्त पोलिकिल्नीकका व्यवस्थापक शन्देश थापाले भने कोरोनाको संक्रमणको त्रास फैलिएपछि अस्पतालमा उपचार सेवा दिन नसकिएको बताए । उनले भने, ‘सामान्य हात खुट्टा प्याक्चर भएका बाहेकको चेकजाँच तथा उपचार सेवा दिन सकिएको छैन् ।’
पोलि किल्नीकमा चिकित्सकहरुले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामाग्रि (पिपिई)को अभाव हुँदा विरामीहरुलाई उपचार सेवा दिन नसकिएको उनको भनाई छ ।
‘हामीले किनेर व्यवस्थापन गर्न खोज्दा पाएनौं । नगरपालिकासंग समन्वय गर्दा निजी अस्पताललाई दिन नसक्ने भनेपछि पिपिईको अभावमा यस्तो समस्या आएको हो,’ उनले थपे । ज्वरो लगायतका विरामीहरुलाई सिन्धुली अस्पतालमा जान सल्लाह दिने गरेको उनको भनाई छ । तर, सर्वसाधरणले भने अस्पतालले कोरोनाको आसंकामा विरामीको उपचार नै नगरी पन्छीन खोजेको गुनासो गरेका छन् ।
Menu
पिपिई नभएपछि सिन्धुली पोलि किल्नीकले विरामी भर्ना लिनै छाड्यो

- २३ चैत्र २०७६, आईतवार १४:१५
- No Comments
Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email
यो पनि पढौँ
ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली
सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७
अध्यक्ष: राजन गाउँले
प्रशासन प्रमुख: विवेक आछामी
सम्पादक: राजन परियार
प्रबन्धक: दिपक सासंकर
© 2020 All rights reserved
Powered By Volenath Group Pvt. ltd.