कोभिड–१९ को पूर्वतयारीमा नेपाल राष्ट्रिय शिक्षक संगठनको सहयोग

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली १४, चैत्र । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाईरस कोभिड–१९ को पूर्वतयारीकालागि नेपाल राष्ट्रिय शिक्षक संगठन सिन्धुलीले सहयोग गरेको छ ।
संगठनले सिन्धुली अस्पतालका लागि कोरोनाको महाारीबाट बच्न आवश्यक पूर्वतयारीमा जुटनका लागि २० हजार रुपैयाँ सहयोग गरेको हो ।
विपत्तिको सामनागर्न आवश्यक उपकरण, औषधी लगायतका व्यवस्थापनमा थोरै भएपनि सहयोग पुगोस भन्ने उद्देश्यले अस्पताललाई २० हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठनका सचिव गुणविक्रम कुवरले जानकारी दिनु भयो ।
कुवरका अनुसार संगठनले २० हजार रुपैयाँको चेक सिन्धुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रलाद पोखरेललाई हस्तान्तरण गरेको छ ।
उता अस्पताललाई सहयोग जुट्ने क्रमम बढेको र शिक्षकहरुको संगठनले गरेको सहयोगले जिल्लामा कोरोनाको संक्रमणलाई नियन्त्रणका लागि थप तयारी गर्न सहयोग पुगेको अस्पतालका अध्यक्ष पोखरेलले बताउनु भयो ।
संगठनले सिन्धुली अस्पतालमै पुगेर चेक प्रदान गरेको थियो । उक्त समयमा सिन्धुली अस्पताल समितीका अध्यक्ष प्रलाद कुमार पोखरेल, प्रदेश सभा सदस्य प्रदिप कटुवाल, अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट लक्ष्मण खड्का संगठन सचिव गुणविक्रम कुवर र कोषाध्यक्ष वलबहादुर भुजेलको सहभागिता रहेको थियो ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.