सिन्धुली९, फागुन । सिन्धुलीको फिक्कल गाउँपालिकामा शुक्रवार देखी दोस्रो फिक्कल महोत्सव सुरु भएको छ ।
‘सडक, शिक्षा र विजुली फिक्कलको पुर्वधार, कृषि, वन र पर्यटन समृद्धिको मुल आधार’ भन्ने मुल नाराका साथ फिक्कल गाउँपालिकाको आयोजनामा संचालन भएको महोत्सवमा सुनकोसीमा जलयात्रा ¥याफ्टिङ र प्याराग्लाईडिङ महोत्सव अवलोकनकर्ताको प्रमुख आकर्षण रहेको छ ।

गाउँपालिका भित्रका धार्मिक तथा ऐतिहासिक क्षेत्रको प्रचार–प्रसार र आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सञ्चालन भएको महोत्सव शुक्रवार एक समारोहका विच सुरु गरिएको छ ।
नेपाल भ्रमण बर्ष–२०२० लाई सघाउ पु¥याउने उदेश्यले सञ्चालन गर्न लागिएको फिक्कल महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकहरुले गाउँपालिकाभित्र पर्ने अग्लो डाँडा फिक्कल, जिल्लाकै अग्लो ठाउँमा रहेको खेल मैदान रचने थाम, किवी तथा आलु पकेट क्षेत्रलगाएतको अवलोकन गर्न पाउनेछन् ।

महोत्सवमा लोप हुन थालेको पन्चेबाजा,खैजेडी, माझी, सुनुवार, मगरका लगाएतका जातका भेषभुषा, बाजा सहित झाँकी प्रदर्शन गरिएको थियो । त्यसैगरी महोत्सवमा स्थानीय कृषि, जडिबुटी, स्थानीय सिप र हस्तकला, साना उद्ययमिहरुको उत्पादन आर्कषकको रुपमा रहने छ ।
सुनकोसीमा जलयात्रा गर्न ८ वटा ¥याफ्टिङ र फिक्कलको अवलोकन गर्न ४ वटा प्याराग्लाईडिङ्ग सञ्चालन हुने फिक्कल गाउँपालिकाकी उपाध्यक्ष पार्वती सुनुवारले बताईन ।




