सिन्धुलीको मरिणमा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगीता सुरु

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

नक्कली (सिन्धुली) ५, फागुन । सिन्धुलीको मरिण गाउँपालिका ३ नक्कलीमा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्गसिल्ड प्रतियोगिता सुरु भएको छ ।
मरिण गाउँपालिकाद्धारा आयोजित प्रतियोगिताको सोमबार एक कार्यक्रमका विच गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले शुभारम्भ गरेका हुन् । अध्यक्ष बम्जनले भलिवल सर्भिस गरेर प्रतियोगीताको शुभारम्भ गर्नु भएको हो ।
कुशेश्वर मावि नक्कलीले व्यवस्थापन गरेको प्रतियोगितामा गाउँपालिकाका ९ वटा मावि विद्यालयका छात्र तथा छात्राहरुको सहभागिता रहेको मरिण गाउँपालिकाका प्रवक्ता प्रख्यात मोक्तानले जानकारी दिनुभयो ।

उनिहरुले छात्र–छात्रा भलिबल, दुवैको सटपुट, सय मिटर रिले दौड, हाईजम्प, लङजम्प, कबड्डी, ज्याभलिङ थ्रो, शटफुट, एथ्लेटिक्स तर्फका खेलहरु, १ सय देखि ३ हजार मिटर सम्मका दौडलगायतका प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् ।
यसैविच प्रतियोगिातको उदघाटन गर्दै मरिण गाउँपालिकाका अध्यक्ष बम्जनले खेल जस्ता अतिरिक्त कृयाकलापले विद्यार्थीको मानसिक तथा शारिरिक दुबैको विकासमा मद्धत पु¥याउने बताउनु भयो । उहाँले भन्नु भयो, ‘खेलकुद क्षेत्रको विकासले शारिरिक रुपमा स्वास्थ्य राख्न, अनुसासीत बन्न मद्धत गर्ने छ । यतिमात्र हैन यस्ता गतीविधिले मरिण गाउँपालिकाको समृद्धिमा मद्धत पुग्छ । यो भनेको राष्ट्रकै समृद्धको आधार सिर्जना हुने हो ।’
उहाँले खेलमा हारजित हुने हुँदा जित्दा रमाउने र हार्दा आक्रोस पोख्ने कार्य गलत भएको भन्दै खेललाई मर्यादित र व्यवस्थित बनाउँन सबैलाई आग्रह समेत गर्नु भयो ।
विद्यालयका प्रध्यानध्यापक, रेफ्रि र विद्यार्थीहरुलाई खेलमा धाँधली भए राम्रो शन्देश नदिने भन्दै सबैले खेलमा स्वस्थ प्रतिस्पर्धा गर्ने अवसरलाई सहिढंले सदुपयोग गर्न निर्देशन समेत दिनुभयो ।

यस अघिका खेलहरुमा प्रतियोगिताको समापनका दिन हार्नेहरुले हार नस्विकार्दै विवाद गर्ने गरेका थिए ।
उता नेकपा मरिण गाउँपालिकाका अध्यक्ष गोपाल बुढाथोकीले पछिल्लो समय विद्यालयको खेल क्षेत्रमा समेत राजनीति घुस्दै गएको भन्दै प्रतियोगितामा सहभागि नगराउने विद्यालयका अध्यक्ष र प्रध्यानध्यापकलाई कारबाही गर्न गाउँपालिकालाई आग्रह गर्नु भयो । उहाँले भन्नु भयो, ‘तत्कालीन माओवादी, एमाले, कांग्रेस, सर्वसाधरण नागरीले लडेको जनयुद्ध, जनआन्दोलनबाटै संघिय लोकतान्त्रीक गणतन्त्रको स्थापना भयो । त्यही गणतन्त्रले राष्ट्रपति व्यवस्था ल्याएको हो । आज राष्ट्रपति रनिङ्ग शिल्डमा केही विद्यालयले विद्यार्थीहरुनै सहभागिता गराएका छैनन् । यो राजनैतिक पूर्वाग्रह हो उनिहरुलाई कारबाही गर्नु पर्छ ।’

कार्यक्रममा मरिण गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का अध्यक्ष विमर्श मोक्तान (प्रख्यात)ले कुशेश्वर मावि नक्कलीले दुई वर्षदेखि निरन्तर यस्ता प्रतियोगिताको आयोजना गरेको भन्दै खेललाई सफलता पूर्वक सम्पन्न गर्न आग्रह गरे ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विनोद पोखरेलले यस्ता प्रतियोगिताले विद्यार्थीहरुको सर्वाङ्गीण विकास गर्ने बताउनु भयो । उहाँले भन्नु भयो, ‘झ्वाट्ट हेर्दा यस्ता कार्यक्रमहरु प्रतिस्पर्धाकालागि गरिएजस्तो लागेपनि एक विद्यालयका विद्यार्थीले अन्य विद्यालयका विद्यार्थीहरु सिक्ने र व्यक्तिगत तथा समाजिक अनुसासनमा समेत बस्न सिकाउने छ ।’

कुशेश्वर माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमबहादुर बम्जनको अध्यक्षतामा भएको कार्यक्रममा मरिण गाउँपालिका वडाअध्यक्षहरु वडा नम्बर १ वडाध्यक्ष हिरा गुर्मछान, २ का चन्द्रनाथ गौतम, ३ का विमर्स मोक्तान, ४ का धनबहादुर स्याङतान, ५ का प्रचारसिंह बम्जन, ६ का कार्साङ लामा र ७ नम्ब वडाका अध्यक्ष राजन थापा लागायतको उपस्थिती रहेको थियो । प्रतियोगिताका विजयीहरुले, सिल्ड, मेडल र प्रमाणपत्रहरु पाउने छन् ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.