बम्जनमाथी लागेको आरोपको खण्डन

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली २७, माघ । बोधि श्रवण धर्म संघ केन्द्रीय कार्यसमितिले तपस्वि रामबहादुर बम्जनमाथी लागेको आरोपको कडा शब्दमा खण्डन गरेको छ । सोमबार सिन्धुली स्थित बम्जनको आश्रममा पत्रकार सम्मेलन गर्दै संघले तपस्वि बम्जनमाथी लागेका सबै आरोपहरु भ्रम र निरर्थक रहेको दावी गरेको हो । संघका केन्द्रीय अध्यक्ष निलबहादुर थिङ्गले महा सम्बोधि धर्म संग गुरुज्यूमाथी लागेका सबै आरोप कपोलकल्पीत, भ्रामक र निरर्थक रहेको बताएका हुन् ।
उनले भने, ‘गुरुको मार्गदर्शनबाट विचलीत भएकाहरुले षणेन्त्रपूर्वक लगाइएका आरोपहरुमा कुनै सत्यता छैन् । समय र समय भन्दा बाहेक सबैकुरा निरर्थक हुन् ।’
प्रहरीको टोलीले गत शुक्रबार बम्जन आश्रममा पुगेर गरेको खानतलासीको विषयलाई लिएर समेत आपत्ती जनाईएको छ ।

मैत्रीय प्रेस बिज्ञप्ती जारी गर्दै प्रहरीले गोली चलाएर बम्जनलाई नियन्त्रणमा लिने प्रयास गरेको आश्रममा तोडफोड गरेको, शान्त तथा सालिन मैत्रीय वातावरणमा र धार्मीक आश्था माथी छालाको जुत्ता बजारेको र आनीहरुमाथी दुव्र्यबहार गरेको आरोप समेत लगाइएको छ ।
प्रहरीले उक्त दिन बम्जन बस्ने घरको ताला तोडफोड गरेकोआश्रमलाई घेराहाल्दा दुई राउण्ड हवाई फायर गरेको उनिहरुको दावी छ ।
तपस्वि बम्जनमाथी विभिन्न आश्रममा बस्दा पाँच जना अनुयायी र आनीहरु बेपत्ता पारिएको, आश्रमका आनीहरुमाथी यौन दुव्र्यबहार गरेको, यातना दिएको जस्ता आरोपमा किटानी जाहेरी परेको छ ।
सोही किटानीका आधारमा जिल्ला अदालत सर्लाहीले गत विहिबार बम्जनलाई पक्राउ पुर्जी जारी गरेको थियो । त्यसलगत्तै सिन्धुलीकी प्रहरी प्रमुख (एसपी) रन्जु सिग्देलको कमाण्डमा सर्लाही प्रहरी, केन्द्रीय अनुसनधान व्यूरो (सिआईवी), दुई नम्बर प्रदेश दंगा नियन्त्रण टोलीले शुक्रबार बम्जनको सिन्धुली स्थित कमलामाई नगरपालिका ८ पैरेमा रहेको आश्रममा घेराबन्दी हालेर बम्जनलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो ।
तर, बम्जन आश्रमबाट फरार भई नभेटिएपछि प्रहरीले उनका मुख्य सहयोगी मानिएका तोप्चेन गरुमार्गगुरुका नामले चिनिएका ज्ञानकुमार बम्जनलाई नियन्त्रणमा लिएर अनुशन्धानगरी छाडेको थियो ।

प्रहरीको नियन्त्रणबाट छुटेपछि पत्रकारहरुसंग कुराकानी गर्दै बम्जनका मुख्य सहयोगी तोप्चेन गुरुमार्ग गुरु भनिने बम्जनले प्रहरीले आफुमाथी त्रासदेखाएर सोधपुच्छ गरेको समेत आरोप लगाए । ‘हामीले गुरुमाथी लागेको आरोपका सबै विषयमा छानविन गर्न सहयोग गर्छौ भन्दाभन्दैपनि अभ्र व्यवहार भएको छ । यो गुरुलाई फसानउने षणेन्त्र हो । मलाई पनि गुरु कहाँ हुनुहुन्छ । कुन ध्यानमा हुनुहुन्छ थाहा छैन्,’ उनले भने ।
बम्जन (तपस्वि) आफुले स्वयममाथी लागेको आरोपका विषयमा किन अदालतमा गएर आफ्नो बयान दिन नचाहेको भन्ने संचारकर्मीहरुको प्रश्नमा बम्जन सत्यमार्गमा लाग्नु भएको र उनिमाथी लागेको आरोपमा कुनै सत्यता नभएकाले अदालतको कठगारमा उभिनु जरुरी नभएको उनिहरुको तर्क थियो ।
बम्जनमाथी यस्ता आरोपका बारेमा प्रहरीको विशेष टोलीले गतवर्षको माघ महिनामा समेत सिन्धुली, सिन्धुपाल्चोक, सर्लाही र मकावनपुर जिल्लामा रहेका बम्जनका आश्रममा पुगेर अनुसन्धान गरेको थियो । सो समयमा समेत बोधि श्रवण धर्म संघले बम्जनमाथी लागेको आरोपको खण्डन गरेको थियो ।

उता जिल्ला प्रहरी कार्यालय सिन्धुलीकी प्रहरी प्रमुख सिग्देलले भने बम्जनलाई नियन्त्रणमा लिन ७७ वटै जिल्लामा प्रहरी परिचालन गरिएको र उनलाई कानुनी दायरमा ल्याएरै छाड्ने बताईन् । आश्रममा हवाईफायर भएको गोलि चलाइएको भन्ने विषय सबै गलत भएको समेत सिग्देलले स्पष्ट पारिन् । आश्रममा गत शुक्रबार यता एउटा प्रहरीको टोली तैनाथ राखिएको छ भने शसस्त्र प्रहरीको टोलीले समेत आश्रममा गस्ति गरिरहेको छ ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.