दुई दर्जन पाइलटले दिए सामूहिक राजीनामा (पत्रसहित)

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

काठमाण्डौं : विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै नेपाल एयरलाइन्सका दुई दर्जन पाइलटले सामूहिक राजीनामा दिएका छन् । उनिहरुले तीन महिनाको समयसीमा दिँदै उनीहरूले व्यवस्थापनसमक्ष राजीना दिएका हुन्
राजीनामा दिने पाइलटहरुले स्थायी उडानमा नेपालीलाई धेरै काम लगाउने गरेको भएपनि सेवा सुविधा भने विदेशीहरु धेरै पाउने गरेको आरोप लगाएका छन् ।

पाइलटहरूका अनुसार विदेशीले महिनामा ४६ घन्टामात्र जहाज उडाउँछन् भने हप्तामा २ दिन छुट्टी पाएँछन् । तलब भने उनीहरूले १५ लाख पाउँछन् त्यसमाथि कर पनि व्यवस्थापनले तिरिदिन्छ । तर नेपाली स्थायी पाइलटले महिनामा ९५ घन्टा जहाज उडाउने तर हप्तामा विदा १ दिनमात्र पाउने गरेका छन् । नेपालीले ५ लाख तलब पाउँदै आएका छन् । नेपाली पाइलटले कर आफैंले तिर्दै आएका छन् ।
नेपाल एयरलाइन्सले यस वर्षबाट दिँदै आएको तलवबाट समेत एड्भान्सको नाममा १ लाख रुपैयाँ काट्दै आएको क्याप्टेन श्रवण रिजालले जानकारी दिए ।
करारमा आएकाले विदेशीलाई धेरै सुविधा भएको भन्ने व्यवस्थापनले जानकारी दिएकाले नेपालीलाई करारमै राखोस् भनेर आफूहरू सबैले राजीनामा दिएको रिजालले बताए।
यदि व्यवस्थापनले यी सबै काम गर्न नसकेमा सबै अन्तर्राष्ट्रिय उडान ग्राउन्डेड हुने पाइलटहरुले चेतावनी दिएका छन्।
एयरबस ३३० वाइडबडी जहाज उडाउने १५ मध्ये १३ जना र एयरबस ३२० जहाज उडाउने २५ मध्ये १२ जनाले राजीनामा दिएका छन्। यसमा थप ८ जना जतिले राजीनामा बुझाउने तयारी गरिरहेका छन्।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.