खाङसाङगमा सुशासन सभा

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली : अमेरिकी अन्तराष्ट्रिय बिकास नियोग (युएसएअइडी) को आर्थिक सहयोग तथा एफ.एचआई ३६० को साझेदारीमा मानव अधिकार सचेतना तथा बिकास केन्द्र (हुराडेक) दोलाखाको आयोजनामा सुशासनका लागि स्थानीय सभा सम्पन्न भएको छ ।

फिक्कल गाउपालिका ४ खाङसाङगमा सम्पन्न सभाले नागरिक र स्थानीय सरकारबिच शिक्षा, कृषि, स्वास्थ्य, विपद् जोखिम न्युनिकरण, सार्वजनिक सेवा प्रवाह लगायतका क्षेत्रमा कार्य सम्पादन गर्दा सुशासन कायम गर्ने समेत निर्णय भएको छ ।

स्थानिय स्तरमा नागरिक र सरकारबिच सहकार्य सहमती र समन्वय बृद्धि गर्ने उदेश्यले वडा स्तरमा ६८ ओटा स्थानीय सभा गठन गरिएको र त्यसमा सुशासन कायम गर्ने मुख्य उद्देश्य राखिएको हुृराडेक दोलाखाका सिन्धुली जिल्ला संयोजक सुस्पा भुजेलले जानकारी दिनु भयो ।
सभामा फिक्कल गाउँपालिका कानुनी सहल्लाकार तथा अधिवक्ता नारायण बरालले वडावडामा गठन गरिएका सभाले नागरिकको आधारभुत विषयमा ओकालत गर्दै स्थानीय सरकारले गरेका निति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा खबरदारी गर्न सहज हुने धारणा राख्नु भएको छ । सभाले जनप्रतिनीधि र नागरीक दुबैमा अनुसासित, पारदर्शी र सुशासनमुखी हुन उत्तरायी बनाउनेमा विश्वास व्यक्त गर्नु भयो ।

फिक्कल ५ का वडा अध्यक्ष शंकर भण्डारीले गाउँपालिकामा सुशासन कायम गर्न कार्यविधि बनेको र त्यही अनुसार काम भईरहेको स्पष्ट पार्नु भयो । उहाँले आयआर्जन मूलुक कार्यक्रमलाई विषेश ध्यान दिने र स्थानिय सभालाई प्रभावकारी बनाउँन आवश्यक तथा फिक्कलको सबै वडामा समेत यो कार्यक्रम लौजान अति नै आवश्यक रहेको बताउनु भयो । फिक्कल गाउँपालिका गाउँकार्यपालिका सदस्य बिष्णु कुमारी (घिमिरे)बरालको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.