अर्थमन्त्री खडिवडा सहित राष्ट्रिय सभाबाट को को बिदा हुँदैछन् ? हेनुहोस्

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

काठमाण्डौं : संसदको माथिल्लो सदन राष्ट्रियसभाका १८ सदस्यका लागि बिहीबार मतदान सम्पन्न भएसंगै राष्ट्रिय सभाबाट अर्थमन्त्री डाक्टर युवराज खतिवडा सहित १९ जना विदाई हुने भएका छन् ।
दुई वर्षे कार्यकाल सकिएसंगै अर्थमन्त्री डा. युवराज खतिवडासहित नेकपाका ९, काङ्ग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एक जना सदस्य राष्ट्रिय सभाबाट बिदा हुने भएका हुन् ।
बिदा हुनेहरुमा नेकपातर्फका अर्थमन्त्री खतिवडासहित, बलरामप्रसाद बास्कोटा, कालीबहादुर मल्ल, हरिचरण शिवाकोटी, युटोल तामाङ, कमलाकुमारी ओली, खेमराज नेपाली, मिना बुढा र राजकुमार कुँवर छन् ।
त्यसैगरी नेपाली काङ्ग्रेसका मुख्य सचेतकसमेत रहनु भएका सुरेन्द्रराज पाण्डे, सरिता प्रसाईँ, बद्रीप्रसाद पाण्डे, मुक्ताकुमारी यादव, धनकुमारी खतिवडा, विन्दादेवी आले (राना) र दुर्गाप्रसाद उपाध्यायको पनि कार्यकाल सकिँदैछ ।
त्यस्तै राजपाका वृषेशचन्द्र लाल र रमेशप्रसाद यावद तथा समाजवादी पार्टीका रामप्रीत पासवान राष्ट्रिय सभाबाट बिदा हुँदै हुनुहुन्छ ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.