प्रहरी–पत्रकार सहकार्य अनिवार्य छ : एसपी सिग्देल

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख (एसपी) रन्जु सिग्देलले प्रहरी र पत्रकारविच सकारात्मक सहकार्य र समन्वय अनिवार्य भएको बताउँनु भएको छ ।
बुधबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा भएको पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रममा एसपी सिग्देलले यस्तो बताउँनु भएको हो । उहाँले पत्रकारले लेखेका कुराले प्रहरीलाई अनुशन्धानमा सहयोग पुग्ने भन्दै यस्ता खोजमुलक सूचनाले समाज रुपमान्तरणमै सहयोग पुग्ने बताउँनु भयो ।
‘पत्रकारहरुले सत्य, तथ्य र निश्पिक्ष भएर लेखिएका समाचारका आधारमा प्रहरीलाई स्टीङ अप्रेशननै चलाउन समेत मद्धत पुग्छ । यसले समाजमा हुने अपराधहरुलाई नियन्त्रण गर्न प्रहरीलाईनै हौसला पुग्ने भएकाले प्रहरी र पत्रकारहरुका विचमा सहकार्य अनिवार्य हुन्छ,’ उहाँले भन्नु भयो ।
तर, पत्रकारहरु व्यवसायिक र निश्पक्ष हुन जरुरी रहेको उनको भनाई छ । भर्खरै मात्र जिल्लामा सरुवा भएर आउँनु भएका सिग्देलले जिल्लाका बस्तुस्थितका बारेमा अध्ययन गरिहेको बताउँदै यहाँका नागरीकको जिउधनको सुरक्षामा आफु प्रतिबद्ध रहेको उल्लेख गर्नु भयो । उहाँले यहाँ हुने हिंसा, सामाजिक अपराध, लागुपदार्थको ओसारपसार तथा सेवन जस्ता दुव्र्यसनी रोक्न समेत विशेष अभियान थालीएको स्पष्ट पार्नु भयो । जिल्लामा संचालित अबैध क्रसर, सडक दुर्घटना न्यूनिकरणमा कुनैपनि कसर बाँकी नराख्ने भन्दै त्यस्ता कार्यलाई नियनत्रण गरि छाड्ने दावी छ ।

कार्यक्रममा सहभागि पत्रकारहरुले जिल्लामा पछिल्लो समय घरेलु हिंसा, बलत्कार, हत्या, महिला बेचविखनका घटनाहरु बढ्दै गएको भन्दै त्यस्ता कार्यलाई नियन्त्रण गर्न प्रहरी संधै चनाखो बन्नु पर्नेमा जोड दिएका छन् । बलत्कार जन्य घटनामा समेत जिल्लामा राजनीतिक हस्तक्षेप हुने र यसलेगर्दा पिडकले उन्मुक्ती पाउने र पिडितले न्याय नपाउने अवस्था आएकाले यस्तो कार्यको अन्त गर्न माग गरिएको छ । उनिहरुले जिल्लामा वर्षौंदेखि हुँदै आएको अबैध गाँजाखेतीलाई रोक्न र त्यसमा संलग्न व्यक्तीहरुलाई कानुनी दायरामा ल्याउन समेत माग गरेका छन् ।
जिल्ला सदरमुकाम भित्रै लागुपदार्थ दुव्र्यसनीहरुको संख्या बढ्दै जाँदा सर्बसाधरणलाई साँझ विहान सडकमा हिड्न समेत असुरक्षित भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।


जवाफमा एसपी सिग्देलले संचारकर्मी, आम नागरीक एक ठाउँमा उभिएर यस्ता गलत कार्यको नियन्त्रणमा आफु संधै क्रियासील हुने प्रतिबद्धता जनाउँनु भयो । परिचयात्म कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य द्धारीका काफ्ले, नेपाल पत्रकार महासंघका बागमती प्रदेश समितिका सचिव राजन गाउँले, नेपाल पत्रकार महासंघ सिन्धुलीका उपाध्यक्ष विमला पाण्डे, टिकाजंग थापा, रेडियो सिन्धुली आवाजका प्रबन्धक दिपक संकर, न्यूज २४ टेलिभिजनका जर्नालिष्ट तथा जनआवाज डटकमका सम्पादक राजन परियार लगायतका विभिन्न संचारमाध्ययमा आबद्ध संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.