कांग्रेस सिन्धुलीले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री बिरोधपत्र बुझायो

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली । नेपाली कंग्रेस सिन्धुलीले पछिल्लो समय नेकपा नेतृत्वको सरकार राष्ट्रिय स्वाभिमान विरुद्धका गतिवीधिमा अग्रसर हुँदै गएको भन्दै विरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीमार्फत प्रधानमन्त्रीलाई एक विरोध पत्र बुझाउँदै कांग्रेस सिन्धुलीले यस्तो विरोध गरेको हो । नेपाली कंग्रेुस सिन्धुलीका सभापती उज्ज्वल प्रसाद बरालद्धरा हस्ताक्षेरित बिरोधपत्र प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम मार्फत प्रधानमन्त्री केपी शर्माओलीलाई बुझाईएको हो ।
‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृत्वमा बनेको सरकार ब्यापकरुपमा भ्रष्टचार, चर्को मुल्यबृद्धि जनताले थेग्नै नसक्ने गरी करबृद्धि नागरिकाको जीउधनको असुरक्षा, लगाएत काण्डैकाण्ड मच्चाएर दुई तिहाईको दम्ब देखाएपछि बाध्य भएर विरोधमा उत्रिएका हौं,’ विरोध पत्र बुझाएपछि सभापति बरालले भने ।
बिरोधपत्रमा नेपाली कंग्रेसले नागरिकको मानव अधिकारको रक्षा स्वतन्त्रता, स्वाभिमान तथा लोकतन्त्र र समाजवादको लागि सदैव लडिरहने देशको पहिलो पार्टी भएको र मानव अधिकारको रक्षा स्वतन्त्रता, स्वाभिमान तथा लोकतन्त्रको बिरुद्ध लाग्ने जस्तोसुकै शक्तिको बिरुद्ध पनि नेपाली कांग्रेस संर्घरत रहने उनले जनाए ।
हालै सरकारले संबिधान प्रदत्त अधिकार नै हनन हुनेगरी सुचना प्रबिधी बिधेयक ल्याएर नेपाली जनातालाई सुचनाको हकबाट बन्चित गराउन खोजेको कांग्रेसको ठहर छ । ‘नागरिकको बिचार तथा अभिब्यक्ति स्वतन्त्रता लाई कुण्ठित गर्ने बिधेयकका कतिपय प्रावधानहरु संबिधानको मर्म प्रतिकुल भएको र नागरिकको मौलिक अधिकार नै हनन् भएको कांग्रेसको निष्कर्ष छ,’ सभापति बरालले भने ।
उनले थपे, ‘जनाता बिरोधी लोकतन्त्रका बिरुद्ध, संबिधानको मर्म बिरुद्ध भएका गतीबिधीहरु हाम्रो पार्टी लाई कदापी स्वीकार्य हुने छैन । आम नेपाली नागरिक लाई सुनिश्चित गर्दे, सुचना प्रबिधी बिधेयक तत्काल सच्याउन माग गरेको छ । सरकारले बहुमतको दम्भमा जवरजस्ती विधेयक ल्याउन खोजे त्यसका बिरुद्ध पार्टीले कडा कदम चाल्न बाध्य हुने छौं ।’
उता सिन्धुलीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले नेपाली कांग्रेस सिन्धुलीले बुझाएको विरोध पत्र प्रधामन्त्रीलाई पठाइएको जानकारी दिए ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.