सिन्धुली । सिन्धुलीको हरिहरपुरगढीमा सल्यक्रिया सहितको आँखा सिविर हुने भएको छ । हरिहरपुरगढी गाउँपालिकाको आयोजना तथा सिन्धुलीय श्रेष्ठ समाजको संयोजनमा माघ ११ गतेदेखि १५ गतेसम्म हरिहरपुरगढीका ८ वटै वडामा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको हो । हरिहरपुरगढी गाउँपालिकाले तिलगंगा आँखा अस्पतालसँगको सहकार्यमा आँखा शिविर आयोजना गर्न लागेको उक्त गाउँपालिकाका अध्यक्ष कारसाङ लामाले जनाए । हरिहरपुरगढीका नौ वटै वडामा आयोजना गरिने आँखा शिविरबाट छनोट भएको मोतियाविन्दुका विरामीको गाउँपालिका कार्यालय झनझनेमा माघ १६ र १७ गते शल्यक्रिया गरिनेछ । निःशुल्क शिविर सञ्चालन र शल्यक्रिया गर्ने विषयमा हरिहरपुरगढी गाउँपालिका र सिन्धुली श्रेष्ठ समाजबीच आइतबार सहमतिमा हस्ताक्षर भएको हो । हस्ताक्षर कार्यक्रममा हरिहरपुरगढी गाउँपालिका अध्यक्ष कार्साङ लामा, उपाध्यक्ष अनिता राई सहित गाउँपालिकाका कार्यकारी अधिकृत, स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्य चौकीका इन्चार्जहरु, वडा अध्यक्षहरुसहितको उपस्थिति रहेको थियो ।
आँखा सिविरले गाउँपालिकाका विपन्न वर्ग, बालबालिका तथा बृद्धबृद्धाहरुले सुविधा पाउने छन् । आर्थिक अभावका कारण समयमा सुविधासम्पन्न आँखा अस्पतालमा आँखा जचाउन समेत नपाएका स्थानीयले आँखा जाँचपछि गाउँमै सल्यक्रिया समेत गर्न सक्ने सिन्धुलीय श्रेष्ठ समाजका सचिव हरिकृष्ण श्रेष्ठले जनाए ।
Menu
हरिहरपुरगढीमा आँखा शिविर हुने

- ६ माघ २०७६, सोमबार ११:१९
- No Comments
- प्रदेश खबर, बागमती, मुख्य समाचार, विज्ञान, विविध, समाज, स्थानिय सरकार, स्वास्थ्य
Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email
यो पनि पढौँ
ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली
सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७
अध्यक्ष: राजन गाउँले
प्रशासन प्रमुख: विवेक आछामी
सम्पादक: राजन परियार
प्रबन्धक: दिपक सासंकर
© 2020 All rights reserved
Powered By Volenath Group Pvt. ltd.