सिन्धुलीमा नौं अर्व खर्च, ५७ प्रतिसतमात्र पुनर्निर्माण

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

राजन गाउँले

सिन्धुली । विनासकारी महाभूकम्प २०७२ गएको पाँच वर्ष हुँदासम्म सिन्धुलीमा पुनर्निर्माण भने ५७ प्रतिसतमात्र सम्पन्न भएको छ । २०७२ बैशाख १२ गतेको विनासकारी भुकम्पले जिल्लामा ५२ हजार २ सय ६४ वटा निजि आवासमा क्षेती पुगेको थियो । पाँचसयबढीको संख्यामा सामुदायिक विद्यालय, सरकारी भवनलगायतका सरकारी संरचनाहरुमाथि क्षेतीपुगेको थियो । तर, भूकम्प गएको चार वर्ष ९ महिना हुँदा सिन्धुलीमा मात्र झण्डै नौं अर्व रुपैयाँ खर्च भईसकेपनि निजी आवास पुनर्निर्माण तर्फभने ५७ प्रतिसतमात्र प्रगती देखिएको छ ।
पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा पूर्वाधार सिन्धुलीको तथ्यांक अनुसार पुनःनिर्माण तर्फ ८ अर्व ३६ करोड ४२ लाख रुपैंया र प्रवलीकरणतर्फ ५५ करोड ९४ लाख रुपैयाँ गरी ८ अर्व ३६ करोड ४२ लाख रुपैयाँ भुक्तानी गरिसकिएको छ ।
सरकारले नीजि आवासको लाभग्राही कायम हुने अन्तिम मिति २०७६ पुस मसान्त र अन्तिम किस्ता लिने मिति २०७७ असार मसान्त तोकेको छ । जिल्लामा हालसम्म ५७ दशमलब ६ प्रतिशत मात्र पुननिर्माणको काम सकिएको जिल्ला आयोजना कार्यान्वयन इकाईका निमित्त आयोजना प्रमुख सूर्य प्रकाश विष्टले जानकारी दिए ।
उनका अनुसार जिल्लामा पुनर्निर्माण तर्फ २१ हजार १ सय ८१ लाभग्राहीले घर बनाएर तेस्रो किस्ता लिएका छन । ३८ हजार ६४ जना निजी आवास पुनर्निर्माणका लागि ३ लाख रुपैयाँ अनुदान पाउने लाभग्राही सूचिमा रहेको जिल्लामा ३७ हजार १ सय २३ जनाले अनुदान सम्झौता गरेका थिए भने ३६ हजार ३ सय ३८ जनाले पहिलो किस्ता लिएका थिए । २९ हजार ५ सय २८ जनाले दोस्रो किस्ता लिएका छन ।
जिल्लामा निजि आवास पुनर्निर्माण गरेर तेस्रो किस्ता लिने लाभग्राहीको संख्या २० हजार ७ सय २ जना अर्थात ५४ दशमलव ३९ प्रतिसत मात्र रहेको विस्टको भनाई छ । ‘यसलाई आधारमान्ने हो भने जिल्लामा हालसम्म ५७ दशमलव ६ प्रतिसतमात्र काम सम्पन्न भएको छ अन्य निजी आवासको निर्माणकै चरणमा छन्,’उनले भने ।

१४ हजार २ सय ७ जनाको निजी आवास १ लाख रुपैयाँ पाउने गरी प्रवलिकरण तर्फ परेका छन् । जिल्लामा प्रवलिकरणको काम भने सुरु नै हुन सकेको छैन् । यस बाहेक जिल्लामा करिव १५ सय जनाको संख्यामा स्थानीयले पुनःनिर्माण सुरु हुनभन्दा पहिलानै निजी आवास निर्माण गरिसकेका थिए । उनिहरुलाई यस तथ्यांकले समेटेको छैन् । इन्जिनियरले परिक्षण गरेपछि मात्र उनीहरुलाई अन्तिम किस्ता पाउने छन् ।
बाँकी एकहजार लाभग्राही कमला र मरिण नदी किनाराको ऐलानी जमिनमा बसोबास गरेका र लालपुर्जा भएपनि जोखिमयुक्त ठाउँ बस्नेहरुको हकमा निर्णय हुन नसक्दा पुनर्निर्माणको काम हुन नसकेको विस्टले जनाए । ‘भूमिहिन २ हजार ३ सय ८० लाभग्राहीको समस्या प्राधिकरणको समस्या समाधान समितिले टुंग्याएको छ । उनीहरु अब पुननिर्माणको चरणमा गएका छन । उनीहरुले समयमा पुननिर्माणको काम गर्न नपाएकाले प्रगतिमा कमी देखिएको हो,’ उनले भने । प्रवलिकरणका लागि ११ हजार १८८ जनाले सम्झौंता गरि पहिलो किस्ता बापत ५० हजार रुपैयाँ बुझेका छन । उनिहरुमध्ये पुनः निर्माण तर्फ ९ सय ४१ र प्रवलीकरणतर्फ ३ हजार १९ गरी ३ हजार ९ सय ६० जनाले सम्झौता नै गरेका छैनन् । सम्झौंता गरेकामध्ये पनि पुनः निर्माणतर्फ ७ सय ८५ जना लाभग्राही अनुदानको पहिलो किस्ता लिन आएका छैनन् ।

जिल्लामा ७० वर्ष माथिका जेष्ठ नागरिक, ६५ वर्ष माथिका एकल महिला, अपांगता भएका लाभग्राही, १६ वर्ष मुनीका बालबालिका रहेका लाभग्राहीको संख्या ६ सय ७५ जना रहेको छ । ती लाभग्राहीलाई थप ५० हजार अनुदान दिनुपर्ने भएपनि आयोजनाले नदिएका कारण निर्माण सम्पन्न हुन नसकेको बताइएको छ । नेपाल रेडक्रस सोसाईटीले १९, स्वीस कन्ट्याकले ७५ जना र मर्सी कोरले १ सय १२ जना गरि २ सय ६ जनालाई थप अनुदान दिएको छ । जिल्लामा गोलन्जोर गाउँपालिका ७ भिमेश्वर बाराका जोखिमयुक्त वस्तीका ८ परिवारमध्ये ६ जनाले जग्गा खरिदका लागि थप २ लाख थप अनुदान लिएका छन् ।


Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.