Views:
1,310
काठमाण्डौ । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफ्नो पदबाट राजिनामा दिनु भएको छ । सोमबार बसेको प्रतिनिधि सभाको संसद बैठकलाई सम्बोधन गर्दै तुम्बाहाङ्फेले पदबाट राजीनामा दिनु भएको हो । नेकपाले सभामुखको उमेदवार तय गरेपछि उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिनु भएको हो ।
उपसभामुखले राजीनामा दिएसँगै सभामुख चयनको प्रकृया पनि अघि बढेको छ । प्रतिनिधि सभाका तत्कालीन सभामुख कृष्णबहादुर महारामाथी संसद सचिवालयकी एक महिलालाई यौन दुव्र्यबहार गरेको आरोप लागेपछि उनले राजीनामा दिएका थिए । त्यसपछि सभामुख चयका विषयमा नेकपा भित्र सहमति जुट्न नसक्दा संसद सभा बस्न सकेको थिएन । नेकपाले नेता अग्नी सापकोटालाई सभामुख बनाउने तयारी गरेको छ ।

LikeShares0