सिन्धुलीमा बालिका जोगाउँनै मुस्कील

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

एक वर्षमा तिनको हत्या, २१ बालिका बलत्कार र बेचविखनको सिका

राजन गाउँले

सिन्धुली । सिन्धुली जिल्लामा पछिल्लो समय बालिका बलत्कार र बलत्कारपछि हत्याका घटना बढेको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सार्वजनीक गरेको तथ्यांकले यस्तो देखाएको हो ।


इन्सेकले सन् २०१९ भित्र संकलन गरेको घटनाको पूर्व वार्षिक समिक्षामा सार्वजनिक गरेकोे तथ्यांक अनुसार जिल्लामा पछिल्लो एक वर्षको अवधिमा ४ जना बालिकाको हत्या, ८ बालिकाको बलत्कार, ७ जनामाथी बलत्कार प्रयास, १ जनामाथी बेचविखन र १ जनाबालिकालाई अपहरण तथा शारिरिक बन्धक बनाइएको छ ।
जिल्लामा एक जना महिलाको बलत्कारपछि हत्या, ८ जनामाथी बलात्कार जन्य हिंसा, १२ वटा बहुविवाह, ४८ घरेलु हिंसा गरि ६९ महिला हिंसाका घटना घटेको पाइएको छ ।
इन्सेक सिन्धुलीका प्रतिनीधि तथा नेपाल पत्रकार महासंघ सिन्धुलीकी उपाध्यक्ष विमला पाण्डेका अनुसार सन् २०१९ भित्र जिल्लामा भएका मानव अधिकार उलंघनका १०४ वटा घटना मध्य बालिका र महिला माथीमा भएका हत्या, बलत्कार तथा बलत्कार जन्य घटना मात्र ९० वटा छन् ।
उक्त तथ्यांक सार्वजनीक भएसंगै जिल्लामा बालिका जोगाउँनै मुस्कील हुन थालेको चर्चा र बहस समेत हुन थालेको छ । कमलामाई नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समितिकी संयोजक मन्जु देबकोटाले पछिल्लो समय जिल्लामा बालिका तथा महिलामाथी हुने हिंसाका घटना डरलाग्दो भएको बताईन् । देवकोटाले यि घटना सार्वजनीक भएपनि यत्तिकै संख्यामा अरु घटना घटेपनि बाहिर आउन नसकेको दावी गरिन् । ‘घटनाले बालिकाहरुलाई समाज, छरछिमेकी देखि आफ्ना आफन्तबाटै जोगाउँन मुस्कील हुन थालेको छ । बालिका र महिलाहरु घरभित्रै सुरक्षित हुन छाडेका छन्,’ उनले भनिन् ।
समाजमा लागुपदार्थको दुव्र्यसनी, मदिरा सेवन, सामाजिक सञ्जाल लगाएतको दुरुपयोगका कारण यस्ता जघन्य खालका अपराधका घटनाहरु बढ्दै गएको भन्दै देवकोटाले चिन्ता व्यक्त गरिन् । ‘बालिका तथा महिलामाथि हुने हिंसाका पिडकलाई समाजमा विभिन्न बहानमा उन्मुक्ती दिने प्रचलनका कारण यस्ता घटना बढ्दै गएका हुन,’ देबकोटाले भनिन् ।
बलत्कार तथा बलत्कार जन्यहिंसाका पिडकलाई कानुनीदायरामा ल्याउनुको साटो पिडितलाई नै दवावमा पारेर पैसामा प्रलोभन देखाएर प्रहरी र न्यायलयबाटै छुटकारा दिने प्रचलनका कारण यस्ता घटनाले थप प्रसय पाउँदै गएको अधिकारकर्मीहरुको आरोप छ ।
तर, बालिकामाथी हुने यस्ता जघन्य अपराधमा परिवार, नातेदार, छिमेकी, साथीभाई र चिनजानकै संलग्नतामा बढीहुने गरेको भन्दै सबैजना बेलैमा सेचत हुनु पर्ने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको भनाई छ । ‘मानवअधिकार संरक्षणमा सेना, प्रहरी तथा अन्य राष्ट्रसेवकहरुसंगै हरेक समुदायका नागरीक र परिवारका सदस्यहरुनै सचेत हुनु जरुरी छ,’ उनले भने ।
सिन्धुलीका प्रहरी प्रमुख (एसपी) रञ्जु सिग्देलले स्थानीय तहमा राजनीतिक दलकै दवावमा बलत्कार लगायतका फौजदारी र जघन्य खालका अपराधमा मेलमिलाप गराउन खोज्दा समस्या हुने गरेको बताईन । ‘कतिपय घटनामा अधिकारकर्मीहरुनै प्रभावित भएर आउँदा यस्ता जघन्य अपराधहरु बाहिर आउन सकेका छैनन् । जसले समाजमा एकपछि अर्को अपराधका घटना बढाई रहेका छन् । यस्ता घटना नियन्त्रण र मानवअधिकार संरक्षणमा नेपाल प्रहरी प्रतिबद्ध छ ।’

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.