सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका ६ को खुल्लामन्चमा बिहिबार मध्यान्नसम्म चिटिक्क परेका आधा दर्जन घरहरु थिए । त्यहाँ प्रत्यकघरका परिवारहरु आ–आफ्नो काममा घर भित्र र बाहिर व्यस्त थिए । केही बालबालिकाहरु घरको करेसामा जम्मा भएर खेलीरहेका थिए । उनिहरुमा खुसीको छुट्टै उमंग थियो । जव दिउँसो साँढेबार बजेतिर एक्कासी ति सब घरहरु ढले तव, उनिहरुको सारा खुसी लुटियो । सिन्धुली खुल्लामन्च स्तब्ध बन्यो ।
यहाँ घरहरु ढलेसंगै मान्छेहरुको कोलाहाल मच्चियो । नेपाली सेनाको बर्दबहादुरगढको टोली, जिल्ला प्रहरी कार्यालय सिन्धुली, शसस्त्र प्रहरीको टोली उद्धारमा दौडिन थाले । नेपाल रेडक्र शाखा सिन्धुलीका एम्बुलेन्सहरु साइरन बजाउँदै घटना स्थल आइपुगे । त्यहाँ कत्तिको मृत्यु भईसकेको थियो । केही घरले किचेर घाइते अवस्थामा छटपटाई रहेका थिए । बालबालिकाहरुको रुवाबासी थियो । सुरक्षाकर्मी र स्थानीयले घाइतेहरुलाई हत्तारहत्तार गर्दै, स्टेचरमा हालेर उपचारमा लैजान थाले । केहीले घर भित्र पुरीएको हुन सक्ने आशंकाले खोतल्न थाले ।

यो कार्य बिहिबार दिनभर यस्तै रह्यो । तर, यो यतार्थ घटना भने थिएन् । यो त जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुली, कमलामाई नगरपालिका, नेपाली सेनाको बर्दबहादुर गण र नेपाल रेडक्रस सिन्धुलीले २२ औं भुकम्प सुरक्षा दिवसको अवसर पारेर बिहिबार गरेको ‘सिमुलेसन’ अभ्यास थियो । २०७२ बैशाख १२ गते मध्यान्न गएको विनासकारी भुकम्पकै समय पारेर भुकम्पबाट हुने क्षेती र बच्ने उपाएको बारेमा जनचेतना प्रदान गर्न यस्तो अभ्यासको अयोजना गरिएको थियो । उक्त अभ्यासमा विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, राजनीतिक दलका नेता तथा कार्यकर्ता, सुरक्षा निकाय तथा सर्बसाधरणको सहभागिता रहेको थियो ।

नेपालमा विभिन्न समयमा आएका भुकम्पमा मानविय कमजोरीका कारण धेरै क्षेती भएको अध्ययनले देखाएको भन्दै भुकम्पबाट हुने जोखिमबाट बच्न मानव निर्मीत भौतिक संरचनामा ध्यान दिनु पर्ने कुरा देखि भुकम्प जस्तो विपत्तीमा कसरी छिटो उद्धार गर्न सकिन्छ भन्ने चेतना प्रदान गर्नकै लागि जिल्लामा पहिलो पटक यस्तो अभ्यासको आयोजना गरिएको बर्दबहादुर गण सिन्धुलीका गणपती राजिव थापाले जनाए ।
‘भुकम्प एउटा प्राकृतिक विपत्ती हो तर, यस्तो अवस्थामा मानविय त्रुटी र असावधानीका कारण ठुलो संख्यामा धनजनको क्षेती पु¥याउने भएकाले हामीले यस्तो विपत्तीबाट जोगिन सबै भन्दा पहिला मान्छे सचेत हुनु पर्छ भन्ने शन्देस दिन यस्तो सिमुलेसन अभ्यास गरेका हौं,’ उनले भने ।
भुकम्पका बेला सबै भन्दाबढी अपनाईने सावधानी नै सुरक्षाको मजबुत आधार भएकाले जिल्लाबासीमा सिमुलेसन अभ्यास मार्फत सचेत बनाइएको रेडक्रस सिन्धुली शाखाका सभापति अशोक श्रेष्ठले जनाए ।
‘२०७२ सालको भुकम्पमा समेत ठुलोमात्रमा क्षेती बेहोरेको सिन्धुली जिल्लामा भुकम्प प्रतिरोधात्मक घर तथा सार्वजनीक भवनहरु निर्माण थालिएपनि भुकम्प आएका बेला सबै क्षेत्र र ठाउँमा कसरी सुरक्षित हुने भन्ने सबैमा ज्ञान नहुने भएकाले यस्तो अभ्यास गरिएको हो,’ उनले थपे ।

अभ्यासमा घाइतेको उद्धार, मृतकको व्यवस्थापन, राहत र पुनस्थापनाका लागि समयमा खेल्नु पर्ने भुमिकाका बारेमा समेत रिहर्सल गरिएको थियो । ‘भुकम्पबाट सुरक्षित पुर्वधार, दिगो सुख, समृद्धीको आधार’ भन्ने मुल नाराका साथ खुल्लामन्चमा २२ औँ भूकम्प सुरक्षा दिवस मनाईएको हो ।
भुकम्पबाट हुने क्षेती कम गर्न र बच्ने उपएका बारेमा अभ्यास तथा कार्यक्रममा सहभागिहरुले आ–आफ्नो धारणा राखेका थिए । सिन्धुलीमा २०७२ सालको भुकम्पमा १८ जनाको ज्यान गएको थियो भने एक सयबढी घाइते भएका थिए । ५२ हजार २ सय ६४ वटा निजि आवासमा क्षेती पुगेको थियो । पाँचसयबढीको संख्यामा सामुदायिक विद्यालय, सरकारी भवनलगायतका सरकारी संरचनाहरुमाथि क्षेतीपुगेको थियो ।
विक्रम संवत् १९९० सालको महाभूकम्पको स्मृतिमा सरकारले २०५५ सालदेखि हरेक वर्ष माघ २ गते विभिन्न जनचेतना मुलक कार्यक्रमको आयोजना गर्दै भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ ।
