बागमती पुलमा ठेकदारको लापरवाही

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली र मकावनपुरका जनप्रतिनीधिले गरे कारबाहीको माग

राजन गाउँले\राजन परियार

सिन्धुली । ठेकेदार कम्पनीले नौं वर्ष देखि बगमती नदीको पुल निर्माणकार्य अलपत्र पारेर छाडेपछि सिन्धुली र मकावनपुर जिल्लाका स्थानीय र जनप्रतीधिहरु पुल घेराउ गर्दै विरोधमा उत्रिएका छन् ।
ठेकेदार कम्पनी स्वच्छन्द भैरव निर्माण सेवाले सिन्धुलीको हरिहरपुरगढी गाँउपालिका ३ र मकवानपुरको बागमती गाउँपालिका ४ जोड्ने बागमती नदीको पक्कीपुल नौ वर्षौदेखि अलपत्र पारेपछि यहाँका स्थानीय र जनप्रतिनीधिहरु विरोधमा उत्रिएका हुन् । मदन भण्डारी लोकमार्ग (हेटौंडा–सिन्धुली–चतरा राजमार्ग) अन्तरगत पर्ने बागमती पुल स्वच्छन्द भैरव निर्माण सेवाले पाँच वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी २०६८ असार २९ गते ठेक्का सकार गरेका थिए ।
तर, ठेक्का पाएको नौं वर्ष वित्दासमेत निर्माण कार्यले गती लिन नसकेपछि बाध्य भएर दवावमुलक आन्दोलमा उत्रनु परेको हरिहरपुरगढी गाउँपालिका सिन्धुलीका अध्यक्ष कार्साङ लामाको भनाई छ ।

४१० मिटर लम्बाई र ६ दशमलव ७० मिटर चौडाईको पुलको निर्माणकार्य हालसम्म ५० प्रतिसतपनि सम्पन्न भएको छैन् । ‘हरेक वर्ष नागरीकको जनगुनासो बोकेर प्रधानमन्त्री, मन्त्री, सडक विभाग धाउँदा पनि कसैले नसुनेपछि पुल निर्माण स्थलमै आएर पुलको निर्माणकार्यलाई तिव्रताका साथ अघि बढाउँन सरकार र ठेकेदारलाई दवाव दिन आफुहरु आएका हौं,’ उनले भने । सरकारलेनै समयमा काम नगर्ने ठेकेदारलाई कारबाही नगरेर संरक्षण गर्दा राष्ट्रिय गौरबको आयोजनाको पुल अलपत्र परेको भन्दै उनले आक्रोस समेत पोखे ।
बागमती नदीमा हेलिएर वारपार गर्दा हरेक वर्ष दर्जनौं नागरीकले ज्यान गुमाईरहेपनि राष्ट्रिय गौरबको आयोजनासंगै सिन्धुली र मकावनपुर जिल्ला जोड्ने पक्की पुलको निर्माण कार्य नौं वर्षदेखि अधुरै छाड्नु स्थानीय जनताको भावनामाथीको खेलबाढ भएको उनको ठम्याई छ । काम नगर्ने ठेकेदारलाई कारबाही गरेर अर्को ठेक्का लगाउनु पर्ने उनको माग छ ।
भ्याटबाहेक ३८ करोड रुपैयाँ लागत रहेको पुल २१ करोडमा ठेक्का सम्झौंता भएपछि क्यानन गौतम जेभीलाई पेटी ठेक्कामा काम दिएर निर्माण कार्य अलपत्र छाडेको बागमती गाउँपालिका मकावनपुरका अध्यक्ष सर्केस घलानको भनाई छ । उनले स्वच्छन्द भैरव निर्माण सेवा र क्यानन गौतम जेभी दुबै निर्माण कम्पनीले जनताको भवनामाथी खेलबाढ गरेको भन्दै कानुनी दायरमा ल्याउन माग समेत गरे । यस पुलको ठेक्का सम्झौंता गर्दा स्वच्छन्द भैरव निर्माण सेवाका प्रमुख जयराम लामिछाने निर्माण व्यवसायि महासंघका केन्द्रीय अध्यक्ष थिए । उनि नेपाली कांग्रेसका महासमिति सदस्य समेत हुन् ।

‘ठेकेदारले नागरीकको भावनमामाथी खेलबाढ गरेका छन् । बर्षौंदेखि पुलको काममा झारो टार्ने भन्दा केही भएको छैन् । पुल नहुँदा अनाहकमा नागरीकले ज्यान गुमाउनु परेको छ,’ उनले भने । पुलको निर्माण कार्यमा सरकार र निर्माण कम्पनी जिम्मेवार नभए जनताको आक्रोस थेग्न नसक्ने हुने चेतावनी समेत दिए ।
१२ वटा पिलरमध्ये ११ वटा पिलरको काम सकिएको भएपनि एउटा पिलरको जगको निर्माण समेत सुरु हुन सकेको छैन् । यस क्षेत्रमा मदन भण्डारी सडकतर्फको काम करिब ९५ प्रतिशत पुरा भइसके पनि पुल अलपत्र पर्दा सिन्धुली र मकवानपुर जोडिन सकेको छैन । नदीमा पुल नहुँदा सडक निर्माण कार्य भएपनि सवारी साधनसंचालन हुन सकेको मात्र हैन् सबैभन्दाबढी महिलाहरुले दुःख पाएको भन्दै हरिहरपुरगढी गाउँपालिकाकी उपाध्यक्ष अनिता कुमारी राईले चिन्ता व्यक्त गरिन् । नदीमा पुल नहुँदा गत वर्षमात्र सुत्केरी र आमा दुबै ट्युबसंगै बगेको दुःखद घटनाको स्मरण गर्दै आफुहरुले कर्णालीपारीका नागरीकले जस्तै सास्ती भोग्नु परेको बताईन् । ‘विद्यार्थी, सुत्केरी तथा विमारीहरुले सबै भन्दाबढी सास्ती भोग्नु परेको छ । सबै भन्दाबढी उनिहरुलेनै पिडित छन् ।’

नदीमा पुल निर्माण बन्ने भो भन्ने सुन्दा दश वर्ष अघिको हर्ष अहिले आँसुमा परिणत भएको हरिहरपुरगढी ३ की स्थानीय मोतिमायाँ श्रेष्ठले बताईन् । ‘अहिले पनि तिनै साधानको भरमा ज्यानलाई हत्केलामा राखेर दैनिक विद्यार्थीहरु नदीवारपार गर्ने गरेका छन्,’ उनले भनिन् ।
बागमती गाउँपालिकाको लामाकान, पाँचपन्न, डकास, भैंसेलगायतका शयौं विद्यार्थीहरु मावितहको अध्यन गर्न दैनिक ट्युवको प्रयोग गरेर नदीतर्दै सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा जाने गरेका छन् । यसबाहेक हरिहरपुरगढीमा बजार सुविधा सम्पन्न अस्पताल नहुँदा स्थानीयको किनमेल, औषधोपचारका लागि समेत उक्त नदी पारगरेर मकावनपुरको फापरबारी र हेटौंडा जानुपर्ने बाध्यता छ । सुरुवातमा सडक विभागको पुल महाशाखाले यस पुलको रेखदेखको जिम्मेवारी लिएको भएपनि विभागअन्र्तगत तत्कालीन धरानमा रहेको पुल सेक्टरले रेखदेख गर्दै आएकोमा हाल मदन भण्डारी लोकमार्ग सडक आयोजनाले नै रेखदेख गर्ने गरी सम्झौता भएको छ । पूर्व पश्चिम महेन्द्र राजमार्गको बिकल्प मानिएको मदन भण्डारी लोकमार्गको सिन्धुलीमाढीबाट हेटौंडासम्मको १ सय १५ किलोमिटर दुरी बागमतीनदीबाटै पार गर्नु पर्छ । पुल समय अवधिमा नबनेपछि २०७५ असोजसम्म म्याद थप गरिएको थियो । तर, सडक विभागले ठेकेदारले नौं वर्षसम्ममा गरेको कामको मुल्यांकननै नगरी पुनः म्याद थप्न लागेको थाहापाएपछि आफुहरु विरोधमा उत्रन बाध्य भएको नेपाली कांग्रेस हरिहरपुरगढीका सभापति हर्षबहादुर श्रेष्ठ बताउँछन् ।

पुल निर्माण थालिएपछि मात्र गाई बस्तु र खेतिपाति लगाउन नदीवार पार गर्नेक्रममा दर्जनको संख्यामा मान्छे र सयौं गाईबस्तुको मृत्यु भईसकेको बागमति गाउँपालिकाकी उपाध्यक्ष धनमायाँ स्याङ्तानले थपीन् । उनले आँखैअगाडीको नदीको पुलको काम देख्दा मन अमिलो भएर आउँने पिडा सुनाईन् ।
गृहमन्त्री रामबहादुर थापाले काचोर ठेकेदारलाई तत्काल कालोसुचिमा राखेर कारबाही गर्ने जनाएको दुई वर्ष भयो । गत मंसिर पहिलो साता मन्त्रिपरिषद् हेरफेरका क्रममा समेत नयाँ मन्त्री र सचिवसँग प्रधानमन्त्री केपी शर्मा ओलीले ठेक्का लिएर आलटाल गर्ने ठेकेदारको ठेक्का रद्द गर्न निर्देशन दिएपछि पुलको कामले गती लिने आशा बोकिएपनि सरकारको ध्यान बागमती पुल पर्न नसकेको स्थानीयहरुको गुनासो छ ।
सार्वजानिक खरिद नियमावलीअनुसार ५० प्रतिशतभन्दा बढी प्रगति भएका आयोजनालाई क्षतिपूर्ति तिर्नु पर्ने व्यवस्था छ । तर, सडक विभागले २०७७ जेठ २२ गते निर्माण सम्पन्न गर्ने अन्तिम म्याद दिने तयारी गरेपछि आफुहरु विरोधमा उत्रनु परेको नेकपा हिरहरपुरगढीका अध्यक्ष मानवहादुर वाइवाले जनाए । उनले यो समयमा पनि पुल पक्का भएको भन्दै ठेक्का रद्ध गरी अर्को निर्माण कम्पनीलाई दिनुपर्ने बताए ।
पुलको निर्माण कार्यमा आफुले मजदुरको व्यवस्थापन गरेपनि ठेकेदारले समयमा समान झार्न नसक्दा कामले गती लिन नसकेको अर्का कन्ट्याक्टर भिमबहादुर गुरुङको दावी छ । तर, साइड ईन्चार्ज सन्तोष सापकोटाले भने आगामी एक वर्षभित्रमा पिल्लर स्पान निर्माणको काम सम्पन्न गर्ने दावी गरे । उनले भने, यतिबेला निर्माण कम्पनी आफैं दवावमा छ । हामी जसरीपनि काम सम्पन्न गर्ने गरी लागि परेका छौं । एक वर्ष भित्रमा पिल्लर र स्पान निर्माण सम्पन्न गर्ने छौं ।’

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.