सिन्धुली । सिन्धुलीको प्रहरी चौकी दुम्जाले सुनकोसी गाउँपालिका १ टुपीडाँडामा मोटरसाईकलमा आगजनी गरी दुई स्काभेटर तोडफोड गर्नेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनकोसी गाउँपालिका १ का १५ वर्षिय दिपक बर्मा शाह र रामेछाप मन्थली नगरपालिका ६ का १८ वर्षिय विनोद आछामी रहेका छन् ।
उनीहरुले गए राती १० बजे टुपीडाँडामा बा८७प ८८८७ नम्बरको मोटरसाइकल माथि आगजनी गर्नुका साथै मरिण–लालबन्दी सडकमार्गमा काम गर्न ल्याइएको दुई वटा इस्काभेटर तोडफोड गरी चोरी गरेका थिए ।
मोटरसाइकलमा आगजनी तथा स्काभेटरमा तोडफोडगरी चोरी गरेको भन्ने खबर पाएलगत्तै खटेको प्रहरी टोलीले उनीहरुलाई राती साढे २ बजे पक्राउ परेको प्रहरी चौकी रातमाटाका प्रहरी हवल्दार कृष्ण घिमिरेले जानकारी दिए ।
जलाइएको मोटरसाईकल स्थानीय शुक्रराम तोलाङ्गेको भएको र मोटरसाइकल जलेर पूर्णरुपमा नष्ट भएको घिमिरेको भनाई छ । ‘मदिराले लठ्ठ भएका दुबैलाई नियन्त्रण लिएर उनिहरुले स्काभेटर फुटाएर चोरीगरेको १ थान स्पिकर र १ थान कम्बल बरामद गरिएको छ । उक्त सामानहरु स्काभेटर चालकलाई हस्तान्तरण गरिएको छ,’ उनले भने । तोडफोड गरिएका दुबै स्काभेटर वनटेस्ट हुन् । सडकमा पार्कीङ गरि चालकहरु खानाखान गएका बेला उनिहरुले तोडफोड गरेका थिए । उनिहरुमाथी आवश्यक अनुशन्धान थालिएको पनि प्रहरीले जनाएको छ ।
Menu
स्काभेटर तोडफेड र मोटरसाईकल आगजनी गर्ने दुई जना पक्राउ
- ४ माघ २०७६, शनिबार १७:३५
- No Comments
- सुरक्षा अपराध
Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email
यो पनि पढौँ
ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली
सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७
अध्यक्ष: राजन गाउँले
प्रशासन प्रमुख: विवेक आछामी
सम्पादक: राजन परियार
प्रबन्धक: दिपक सासंकर
© 2020 All rights reserved
Powered By Volenath Group Pvt. ltd.