सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका १३ अरुणठाकुर स्थित कामीटार गएराती बोलेर दुर्घटना हुँदा १२ जना घाईते भएका छन् । दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
दुधौलीबाट अरुणठाकुर तर्फ जाँदै गरेको स१च १४६९ नम्बरको पिकअप बोलेर दुधौली–अरुणठाकुर ग्रामिण सडकामा चिप्लीएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीकी प्रहरी प्रमुख रन्जु सिग्देलले जानकारी दिईन् ।
घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते हुनेहरुमा दुधौली नगरपालिका १३ बस्ने वर्ष २८ का यमकुमार मगर र उदयपुरगढी ३ बस्ने इन्दीरा मगर रहेका छन् । उनिहरुदुबै जनालाई थप उपचारका लागि सिरहाको मिर्चैया तर्फ पठाइएको सिग्देलको भनाई छ ।
दुर्घटनामा परि दुधौली नगरपालिका १३ का ५८ वर्षीय प्रेमबहादुर मगर, उनकी श्रीमति वर्ष ५३ की सुनिता मगर, सोही ठाउँका वर्ष ११ का सुदर्शन कार्की घाइते भएका छन् । दुर्घटनामा दुधौली नगरपालिका ११ का वर्ष १७ का सविना सुनुवार, वर्ष १८ की तुलसा कार्की र वर्ष ६० का तिलकबहादुर मगर घाइते भएका छन् ।
यस्तै दुधौली नगरपालिका १३ का वर्ष १४ की निषा बुढाथोकी, दुधौली १० की वर्ष १२ की सुसिला कार्की र सिन्धुलीकै फिक्कल गाउँपालिका १ को कमला आलेमगर र लिला सुनुवार घाईते भएका छन् । उनिहरुको दुधौली स्थित स्वास्थ्य संस्थामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
Menu
बोलेरो दुर्घटना हुँदा १२ जना घाईते
- ४ माघ २०७६, शनिबार १७:३८
- No Comments
- मुख्य समाचार
Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email
यो पनि पढौँ
ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली
सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७
अध्यक्ष: राजन गाउँले
प्रशासन प्रमुख: विवेक आछामी
सम्पादक: राजन परियार
प्रबन्धक: दिपक सासंकर
© 2020 All rights reserved
Powered By Volenath Group Pvt. ltd.