एनजीओले खोप भन्दै ‘सुई’ लगाउँदा अपाङ्ग

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

राजन गाउँले
सखौरी (सिन्धुली) । खोप भन्दै लगाएको सुइका कारण सिन्धुलीको मरिण गाउँपालिका २ सखौरीका एक बालवक अपाङ्ग बनेका छन् । २०७२ सालको भूकम्पको मौका छोपी गाउँमा आएको एक गैरसरकारी संस्था (एनजिओ) ले लगाईदिएको सुईका कारण सानिमायाँ जिम्वाका ५ वर्षे छोरा निखिल जिम्वा अपाङ्ग बनेका हुन् ।
६ महिनाको उमेर हुँदा गाउँमा बालबालिका नडराउँने खोप दिने भन्दै आएको एक गैरसरकारी संस्थाले सुई लगाईदिएपछि छोरा (निखिल) को बोली बन्द हुनुका साथै शरिरको दुबै हातखुट्टा चल्न छाडेको आमा सानीमायाँले दुखेसो गरिन् ।
सुई लगाएपछि अपाङ्ग भएपछि ह्वीलचियरमा सलको डोरी बनाएर अड्काएर राखेको छोरा देखाउँदै सानिमायँले भनिन्, ‘खोप भन्दै सुई नलगाउँनजेल मेरो छोरा, बोल्ने, हाँस्ने, दुबै हातखुट्ट चलाउने, वल्टनेपल्टने गथ्र्यो । जब ६ महिनाको हुँदा सुई लगाई दिए, त्यसपछि विस्तार विस्तार बोल्नपनि छाड्यो, शरिरचल्नपनि छाड्यो ।’
निखिल अहिले पाँच वर्षका भएका छन् । सुई लगाएपछि विमारी भएका उक्त बालकलाई विभिन्न अस्पतालमा पु¥याएर उपचार गरिएपनि निको नभएको बताईएको छ । गाउँमा आएका दुई जना महिलाले बालकलाई खोप लगाई दिएको जिम्वाको भनाई छ ।
‘सुई लगाएपछि विमारी भयो । हामीले सुई लगाईदिने संस्था र मान्छेको बारेमा केही जानकारी नै राखेनौं पछि यस्तो समस्या भएपछि आफैले विभिन्न अस्पतालमा पु¥याएर उपचार गराएपनि निको भएन । अहिले उपचार गर्न नै नसकिने अवस्था आयो,’ सानिमायाँले थपीन् ।
विमारी बालकलाई टिचिङ, कान्तिबाल अस्पताल, ललितपुरको अल्का अस्पतालका साथै बाँसबारी स्थित न्युरो अस्पतालमा पु¥याएर उपचार गराएपनि ठिक नभएको बुबा सूर्यबहादुर जिम्वाको भनाई छ । बालकको उपचारका क्रममा झण्डै पाँचलाख रुपैयाँ सकि सकेको छ । गरीव परिवारका जिम्वा दम्पतीले छोराको उपचारमा खर्च अभाव भएपछि छ महिनादेखि घरमै ह्वीलचियर राखेर हेरचाहा मात्र गरेको जनाए ।
‘डक्टरहरुले अस्पतालमै राख्नु पर्छ, औषधी उपचारका साथै दैनिक थेरापी गर्नु पर्छ भनेका भएपनि खर्च अभाव भएपछि घरमा फर्काएर ल्याउनु परेको हो,’ उनले भने ।
खोप लगाउँनु अघि उक्त बालकले बोल्ने, रुने, कराउने, हात खुट्टा चलाउने गरेको छिमेकीहरु समेत बताउँछन् । ‘सुई लगाएपछि विमारी भएका बालकले अहिले न त बोलेर भोक लागो भन्न सक्छन् । न त यहाँ दुखो त्यहाँ दुखोनै भन्न सक्छन् । पाँच वर्षको उमेर भईसकेपनि उनको उपचार नहुँदा अहिले एकै ओछ्यानमा दिशापिसाव भएको छ,’ उक्त वडाका वडाध्यक्ष चन्द्रनाथ गौतमले भने । ‘सुरुमा हामीलाई पनि थाहा भएन, पछि सुई लगाउने व्यक्तीको खोजि गरियो तर, पत्तो लागेको छैन् । अहिलेपनि हामी त्यसको निगरानीमा छौं । के को सूई हो भन्नेनै थाहा भएनछ परिवारलाई,’ गौतमले थपे ।
२०७२ सालको भुकम्प पछि त्रसिद बालबालिकाहरुलाई नडराउने खोप भन्दै सिर्जनसिल निमावी स्कुलमा ति बालकलाई सुई लगाई दिएको परिवारले बताउँने गरेको उनको भनाई छ । खोप भन्दै लगाइएको सुईमा कुनै त्रुटी भएका कारण यस्तो समस्या आएको हुन सक्ने गौतमको अनुमान छ ।
पौषको चिसोमा घरको आँगनमा ह्वीलचियरमा राखेको अवस्थामा भेटीएका बालकलाई खोकीले गाँजेको छ । ज्वरो समेत आएको भएपनि बालक नबोल्ने र शरिरका कुनै पनि अंगले प्रतिक्रिया नदिने भएपछि थाहानै नहुने गरेको परिवारको भनाई छ ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.