उपसभामुखले राजीनामा दिनु पर्छ : गजुरेल

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

उपसभामुख शिवमायाँ तुम्बाहाम्फेले महराकै बाटोमा अग्रसर भएको नेकपाको नेता तथा पूर्व मन्त्री हरिबोल गजुरेलको आरोप छ । उपसभामुखको पदबाट राजिनामा नदिँदा उहाँको उहाँको प्रतिष्ठामै आँच पुगेको छ । एउटा पार्टीको अनुशासित नेताले पार्टीको सचिवालयले गरेको औपचारीक निर्णयलाई मानेर राम्रो उदाहरण प्रस्तुत गर्दै गरे राष्ट्र र जनतामा सकारात्मक शन्देश दिनु पर्ने उहाँको सुझाव दिएका छन् । प्रस्तुत छ यसै विषयमा पूर्व मन्त्री गजुरेलसंग गरिएको कुराकानी ।
सभामुख छनौंटमा नेकपालाई किन यतिधेरै सकस परेको हो ?
– नेकपा एकिकृत भएको लामो समय भएको छैन् । दुईवटा भिन्नधारबाट अघिबढेका पार्टी एकता हुँदा त्यसलाइए एउटा ठाउँमा निश्चित दिशा लिनका लागि केही समय लाग्छ । त्यसैले हरेका चिहरुमा बहस विवाद त भईनै हाल्छ ।
सत्तारुढलकै आन्तरीक कलहका कारण संसद बन्धक बनिरहेको छ, के यो न्यायोचित होर ?
– आरोप लाउनु स्वोभाविक हो । किन भने भएको त्यस्तै छ । आरोप आउँनुलाई हामीले अन्यथा लिनु हुँदैन् ।
सतहमा उपसभामुखको अडानले नेकपालाई निर्णय गर्न अफ्ठेरो परेको भनेपनि यो पूर्वमाओवादी र पूर्व एमालेको शक्ती सन्तुलन तथा गुठगत असर हो ?
– अडान लिनुलाई मैले चैं अस्वभाविक रुपमा लिएको छु । किन अडान लिनु भो । पार्टीले नै उहाँ (शिवमायाँ तुम्बाहाम्फे)लाई उपसभामुख बनायो । पार्टीले उहाँको भुमिकालाई व्यवास्था गरेको पनि छैन् । खासगरी सभामुख हामीले विपक्षी दल वा अन्यदललाई दिने कुरा पनि हुँदैन । उहाँले राजनीनामा नदिएसम्म त सभामुखको निर्वाचननै हुँदैन् । त्यसैले उहाँले किन अडान लिईरहनु भएको छ मलाई त आश्चर्य लागि रहेको छ । सोत उहाँनै हुने भएपनि त पहिला उहाँले राजिनामा त दिनु प¥योनी । राजिनामा दिएर मार्ग प्रसस्त गरिदिनु परो । त्यसपछिमात्र छलफल गर्न सकिने भो । त्यसो नगरीकन उहाँले लिएको अडान सहज जस्तो लागि रहेको छैन् । उहाँले राजिनामा दिएन सभामुखको निर्वाचन प्रकृया अगाडी बढ्छ । त्यसपछि न उमेदवारी तय गर्ने हो । उहाँले पहिलै राजिनामा दिनु आवश्यक हुन्छ । अनि निर्वाचन प्रकृया अघि बढेपछिमात्र पार्टीले उमेदवार तय गर्छ ।
उपसभामुखले लिएको अडानमा राष्ट्रपति र पूर्व एमालेकौ उच्चतहका नेतृत्वको साथ छ भन्ने बुझिन्छ नि, के हो खासमा ?
– मानिसले आशंका त तेही गरीरहेका छन् । तर, हामीले त्यसै भनिहाल्न त मिल्दैन् । तरपनि नेकपा भित्रका गुठ उपगुठका आफ्नै इन्टेस्टहरु होलान । त्यसले गर्दापनि यो समस्या अलि जटिल भएको हुन सक्छ । खासगरी के हो भने हामिले सभामुख वा उपसभामुख मध्य एउटा पदचै अर्को विपक्षी पार्टीलाई दिनै पर्छ । भिन्न लिंगको हुनै पर्ने भिन्न पार्टीलाई दिनै पर्ने हुँदा सभामुखपदचै हामीले लिनै पर्ने हुन्छ । उपसभामुख पद अन्यपार्टीलाई दिनै पर्ने हुन्छ । उपसभामुख दिनै पर्ने भएपछि त उहाँले राजीनामा गरेर बाटो सहज गरिदिनु परोनी । त्यसमा ढिला गर्नु पर्ने आवश्यक नै छैन् । त्यसपछि बरु बहस छलफल गर्न सकिन्छ को हुने कसलाई उमेदवारी बनाउँने भन्ने कुरा तय हुन सक्छ ।
उपसभामुखको राजिनामा कहिले हुन्छ त ?
– त्यो तपार्टीले निर्णय गरिसकेको छ । उहाँले हिजै राजीनामा दिनु पर्ने थियो । तर, पनि विलम्ब गरीरहनु भएको छ । यसले उहाँलाई पनि फाईदा पु¥याउँदैन् । यसलाई जनताले पनि राम्रो मानिरहेका छैनन् । उहाँलाई पार्टीले हटाएको पनि हैन् । सभामुख र उपसभामुख परकफरक पार्टीको हुनु पर्ने भएपछि परिस्थितीले नै यस्तो गरायो । उहाँ नै भएपनि त आखिरीमा राजीनामात दिनु परोनी । न त्र सभामुखको त उमेदवारी दिन मिल्दैन् । उहाँ रहँदा रहँदै नेकपाले उमेद्वारी कसरी दिन मिल्छ त ?
उपसभामुखले पार्टीको निर्देशन किन नमान्नु भएको हो त ?
– त्यहित अचम्म लाग्छ । एउटा पार्टीको अनुशासित नेता, कार्यकर्ताले पार्टीको सचिवालयले गरेको औपचारीक निर्णय नमान्ने भन्ने कुरात एउटा गम्भीर विषय हो । यसले उहाँलाई पनि राम्रो गर्दैन जनताले पनि राम्रो मानेका छैनन् । सभामुख चै सत्तारुढदललेनै लिनुपर्छ भन्ने आम जताले बुझेको कुरा हो । उहाँले राजीनामा नदिएसम्म सत्तारुढदलले सभामुखको उमदेवार अघि सार्नै सक्दैन् । उहाँले जति अटेर गरिरहनु भएको छ उहाँको प्रतिष्ठामै आँच पुगेको छ । अर्कोतर्फ उपसभामुखले बुझ्नु पर्ने कुरा के हो भने महरा जिले ठुलो गल्ती गर्नु भयो । त्यसले जनताको भावनामा चोट पुग्यो । राष्टको छवि पनि विग्रीयो । अब उपसभामुखले त्यसलाई सम्हाल्नु पर्ने तर, उहाँपनि त्यही दिसातिर गईरहनु भएको छ । उहाँले त अहिले जनतालाई जुन पिडाबोध भएको छ राष्ट्रको सभामुख जस्तोपद भएको व्यक्त जेलमा गइरहेको लज्जाजनक स्थिती छ त्यसलाई सम्हालेर राम्रो उदाहरण प्रस्तुत गरे र अघि बढ्नु पर्ने थियो । सकारात्मक शन्देश दिनु पर्ने थियो । झन उल्टै महरा जि जुनबाटो हिड्नु भो त्यहीबाटो तिर अग्रसर भएजसरी अफ्ठेरो पार्ने हिसावले काम गर्नेगरी जानु हुन्न । उहाँ गम्भीर हुन जरुरी छ ।
प्रचण्डलार्ई एकल कार्यकारी अध्यक्ष वा अर्का अध्यक्ष ओलीले कार्यकारी अध्यक्ष बनेर प्रचण्डलाई प्रधानमन्त्री बनाएपनि तपाईहरु उपसभामुखलाई सभामुख मान्न तयार हो र ?
– त्यो त तर्क हो । चिचहरु जटिल भएका कारणले गर्दा तर्क गरेको मात्र हो । त्यो अहिले गरिहाल्नु पर्ने आवश्यकता पनि हैन् । हामिले त्यस्तो महसुस गरेका पनि छैनौं । किनकी केपी शर्मा ओलीलाई पाँचवर्षनै कार्यकाल सम्पन्न हुने हिसावले पार्टीले निर्णय गरिसकेको छ । तर यस्ता चिज हरु जो विभिन्न इन्टेस्टहरु अगाडीसरेर आउँदा चै तर्क गरेको हो । यस्तो पनि गर्दा हुन्छ नी के हुन्छ भनेर त्यो तर्क गरेका हौं ।
एकता भएपनि अझैं भागबन्डा नै कायम गरीराख्ने हो ?
– अहिले भागबण्डामै भईरहेको छ । मन्त्रीमण्डल बनो भागबढडामै भयो । केन्द्रीय समिति बन्यो, स्थायी समित बन्यो भागबण्डामै भईराछ । मोर्चाहरु, जबसहरु, विभागहरु भागबण्डामै भईरहेको छ । महाधिबेसन भएपछि एउटा नयाँ सिराबाट छलफल हुँन सक्छ । महाधिबेसनसम्मत भागबण्डाबाटै जानु पर्ने हुन्छ सहमतिबाट अघि बढ्ने भनेको के त । सहमतिबाट जाने भनेको त्यही नै होला ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.